दिनेशराज पुरीको शब्दमा ‘बलेकै ताप्ने’


काठमाडौं । अञ्जिता विश्वकर्माको स्वरमा नयाँ नेपाली गीत ‘बलेकै ताप्ने’ सार्वजनिक भएको छ। दिनेशराज पुरीको शब्द र दीपकराज विश्वकर्माको संगीतमा गीत सार्वजनिक गरिएको हो ।

गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ दीपकराज विश्वकर्माले गरेका छन्। गीतको रेकर्डिङ अडियोल्याब स्टुडियोमा गरिएको हो ।

गीतको भिडियोमा अरुशी मगरको अभिनय रहेको छ। रोशन विश्वकर्माको निर्देशनमा तयार भएको भिडियोमा विशाल थापाको छायांकन, डिन्सन शाहको सम्पादन तथा कलर र सपना लम्सालको मेकअप रहेको छ।

गीतमा प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ। गीत तथा भिडियोले नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ नयाँ स्वाद दिने अपेक्षा निर्माण पक्षले गरेको छ।