काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा त्यसपछिको विपद्मा परी हालसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ९९६ जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६८, गोरखामा ७४, चितवनमा ३६२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० शव फेला परेका छन्। फेला परेका शव तथा मानव अवशेषमध्ये केहीको पहिचान हुन बाँकी रहेको छ।
बेपत्ता हुनेमा रसुवाका करिब १ हजार ९६७, नुवाकोटका २ हजार ३४०, सुरक्षाकर्मी तथा सरकारी कर्मचारी करिब १०० र विदेशी नागरिक ५८९ जना रहेको विवरणमा उल्लेख छ।
हालसम्म ९८ शव आफन्तलाई बुझाइएको छ। बाढी तथा विपद्का घटनामा घाइते भएका ६ हजार ८३ जनाले उपचार सेवा लिएका छन्। विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भइरहेको छ भने २२८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिक्रिया