काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहितका उच्च अधिकारीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेडक्वार्टर (विपद् उद्धार), सिनामंगल कार्यालयको निरीक्षण भ्रमण गरी खोज तथा उद्धार क्षमता एवं सामग्रीको अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार भट्टसहितको टोलीले त्यसको निरक्षण तथा सामग्रीको अबस्थाबारे जानकारी लिएका हुन् । त्यसअवसरमा कार्यकारी प्रमुख भट्टले नेपालको विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गर्दै आवश्यक साधनस्रोतको व्यवस्था गर्न प्राधिकरणका तर्फबाट सक्दो प्रयास गर्ने बताए ।
सशस्त्र प्रहरी बल, ९ नम्बर बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले विगतमा गरेका काम र आगामी तयारीबारे जानकारी गराए । उनले विपद् व्यवस्थापनमा प्रयोग भइरहेका नयाँ प्रबिधिहरु भित्राउन पहल गर्नु पर्ने आवश्यकता पनि औल्याए ।
यसैगरी सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठले सशस्त्र प्रहरीसँग भएका जनशक्ति र विपद् व्यवस्थापनमा भएका कामहरुबारे प्रस्तुतीकरण गरेका थिए ।निरीक्षण भ्रमणमा प्राधिकरणका सहसचिवद्वय बन्धुप्रसाद बास्तोला, रोशनी कुमारी श्रेष्ठ, उपसचिव सुशील कुमार श्रेष्ठलगायतको सहभागिता थियो।


प्रतिक्रिया