हार्ट क्लब नेपाल ललितपुर शाखाद्वारा गोटीखेलमा भ्रमण तथा बैठक आयोजना


ललितपुर । हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका सम्पूर्ण सदस्यहरुले असार १ गते आगामी आर्थिक वर्षको कार्यक्रम विस्तारका लागि ललितपुरको महाङ्काल गाउँपालिकाको गोटीखेलमा भ्रमण गरी बैठक बसेको छ ।

भ्रमणको उद्देश्य, हार्ट क्लब नेपालको परिचय, महत्व, सेवा सुविधा र लक्ष्यकाबारेमा छोटो प्रस्तुती गरिएको थियो । बैठकको अध्यक्ष्यता हार्ट क्लब नेपाल ललितपुर शाखाका सभापति डा.लछी सिंहले गरेका थिए भने प्रमुख अतिथिको आथित्यता महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गरेका थिए ।

विशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्शासकिय अधिकृत सन्दीप न्यौपाने, वडा नं.१ बुखेलका वडाअध्यक्ष रामप्रसाद घिमिरे, वडा नं.२ मानिखेलका वडाअध्यक्ष जोनी कुमार न्यासुर, वडा नं.३ गोटीखेलका वडाअध्यक्ष मनोज कुमार पराजुली, वडा नं.४ कालेश्वरका वडाअध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, वडा नं.५ चन्दनपुरका वडाअध्यक्ष भूमिनन्द घिमिरे, वडा नं.६ ठूलादुर्लुगका वडाअध्यक्ष विनोद चौरेलज्यू, सुचना अधिकारी उज्जवल तिमिल्सेना, थिए ।

बैठकको कार्यक्रम संचाल श्याम कृष्ण घिमिरेलगायत गाउँपालिकाका सदस्यहरु, स्वास्थ्य केन्द्रका प्रमुख, हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका पदाधिकारीहरु तथा क्लबका आजीवन सदस्य र भारी जनसहभागिताको उपस्थितिमा बैठक संचालन गरिएको थियो । स्वागत मन्तव्य हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका उप(सभापति विमला कार्की भण्डारीले दिएकी थिइन् ।