आँधीखोला बचाउ अभियानका अभियन्तामाथि वालिङ– १० का वडाध्यक्षले किन गरे रड प्रहार ?


काठमाडौं । आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले रड प्रहार गरी कुटपिट गरेका छन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् । वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ ।

विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् ।

हेर्नुस् भिडियो