बयानका लागि रविन्द्र मिश्र अदालतमा उपस्थित


काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । चैत १५ मा तीनकुने घटनाबारे बयान दिन मिश्र आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी ३ लाख धरौटीमा छुटेका छन् । अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।