नेपाल र हङ्कङबीचको खेल बराबरी


काठमाडौँ । नेपाल र हङ्कङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहीबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्  । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन् ।