पन्जाब आईपीएल क्रिकेटको फाइनलमा


काठमाडौं । पन्जाब इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा गएराति भएको खेलमा पन्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। कप्तान श्रेयस अएरले ८७ रन बनाए । मुम्बईका अश्विनी कुमारले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए । पन्जाबका अजमतुल्लाह उमरजाईले २ विकेट लिए । अब पन्जाबले भोलि हुने फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।