बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन


काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न सोमबार साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभ र वेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उनले बताए ।

दीप प्रज्वलनमा हजारौँ भक्तजनको सहभागिता रहेको छ । पशुपतिनाथस्थित वाग्मती तटमा आज बिहान विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि गरिएको थियो ।