मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमै लोडसेडिङ, संसदीय उपसमितिको बैठक मोबाइल फोनको वत्तीमा


काठमाडौं । हिजोआज विजुली जाने समस्याले उपभोक्ता हैरान छन् । विजुली जाने समस्या बढ्दै गएपछि यतिबेला सरकारप्रति आमउपभोक्ताको आक्रोश बढेको छ । सामाजिक संजालमा लोडसेडिङको तालिका सार्वजनिक गर्न भन्दै प्राधिकरणलाई व्यंग्य गर्न थालिएको छ ।

यसरी सामाजिक संजालमा व्यंग्य गर्न थालेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशकले पत्रकार सम्मेलन नै गरेर लोडसेडिङ नहुने र प्राविधिक समस्या आएको बताए ।

शाक्यले दिउँसो पत्रकार सम्मेलन गरी यस्तो बताएपनि साँझ विजुली जाने समस्या उस्तै देखिएको छ । विजुली गएकै कारण साँझ संसदको शिक्षा उपसमितिको बैठक मोबाइल बालेर बसेको तस्बिर रास्वापाकी सांसद सुमना श्रेष्ठले सार्वजनिक गरेकी छन् ।