रविन्द्रको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी, शुक्रबार इजलासमा उपस्थित गराउन आदेश


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई इजलासमा  उपस्थित गराउन आदेश दिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । मिश्रकी पत्नी सरिका कार्कीले मिश्रलार्य गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।