पोखरा । कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए । य
स्तै सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए । हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया