उदयपुर । उदयपुरको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ । सोमबार राति आएको बाढीले अस्थायी पुल बगाएको थियो ।
सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बस त्रियुगा नदीमा बनाएको अस्थायी पुलमा फसेको थियो ।
तर पुलमा फसेको गाडीलाई मंगलबार बिहान आएको बाढीले बगाएको हो । प्रहरीकाअनुसार बसमा चालक र सहचालक मात्रै थिए । तर बस फसेपछि उनीहरू निस्किएका थिए ।
Video: Sundarpur Khabar

प्रतिक्रिया