अमरेश सिंहको प्रश्नः भारत र पाकिस्तानबीच तनाव बढेका बेला नेपालले किन बोलायो पाकिस्तानी सेनाको डेलिगेसन ?


काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले पाकिस्तानी सेनाको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरे ।

उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनैबेला पनि युद्ध हुन सक्छ । त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ । नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलिगेसन  कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ । यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’

उनले नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताए । उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई अध्याँरो सुरुङमा पुर्याउने चेतावनी दिए ।