म्यानमामा एआई प्रविधिक एक्सपो सुरु


यांगुन । म्यानमाले आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सपो ‘एआई याङ्गुन सन् २०२५’ सुरु गरेको छ । याङ्गुन एक्स्पोले एआई मेसिन लर्निङ र स्वचालन प्रविधिहरूमा नवीनतम प्रगतिहरूको प्रदर्शन गर्दछ । यसले एआई इनोभेसनमा विश्वव्यापी र क्षेत्रीय नेताहरूलाई एकसाथ ल्याउने लक्ष्य राखेको छ ।

एक्स्पोले म्यानमाको अर्थतन्त्रमा लगानीकर्तालाई आकर्षित गर्न र रोजगारी सृजना गर्न महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
माई मी माई माई मिडिया एजेन्सीले आयोजना गरेको एक्स्पोले म्यानमारको कृषि र व्यापार क्षेत्रमा एआई प्रविधिको विकास गर्ने लक्ष्य राखेको एजेन्सीका संस्थापक हान साकले बताए ।

“एक्स्पोले प्राविधिक उत्साही र पेशेवरहरूलाई मञ्च प्रदान गर्नेछ । विश्वव्यापी एआई विशेषज्ञ छलफल सत्रहरूमा भाग लिनुहुन्छ । पच्चास भन्दा बढी प्रदर्शनीसहितको तीन दिने एक्स्पो मार्च २ गतेसम्म चल्ने,” उनले भने ।