प्रधानमन्त्री ओलीमाथि भीम रावलका १५ आरोप


काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् ।

रावलले १५ बुँदामा फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ’कारबाही’को डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने बताएका हुन् ।

भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्ने काम पनि जनविरोधी भएको उनले उल्लेख गरेका छन् ।