म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि


याङ्गुन । पूर्वी म्यानमाको ताचिलेक टाउनशिपमा फेब्रुअरी १२ र १३ मा अवैध अनलाइन जुवा र वित्तीय ठगीको आरोपमा २९ जना संदिग्धहरू पक्राउ परेका छन् ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले जारी गरिएको विज्ञप्ति अनुसार समूहमा सात थाई र २२ म्यानमाका नागरिक थिए । अधिकारीहरूले संदिग्धबाट ४४० कम्प्युटर, ३९० मोबाइल फोन, दुईवटा कागजातविहीन सवारी साधन र लागूऔषध सम्बन्धी वस्तुहरू बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शङ्कास्पदका अनुसार थाई नागरिक काम र यात्राका लागि थाई–म्यानमा मैत्री पुल नम्बर १ बाट म्यानमार प्रवेश गरेका थिए । उनीहरूलाई पछि अवैध अनलाइन जुवा र आर्थिक ठगीमा संलग्न व्यक्तिहरूले भर्ती गरेको छ ।

अधिकारीहरूले संलग्न अन्य संदिग्धहरूलाई छिट्टै पक्राउ गर्न आवश्यक सुरक्षा उपायहरू गरिरहेका छन् । पक्राउ परेकाहरुलाई कानुन बमोजिम कारबाही गरिने उनले जानकारी दिए ।