काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री कोइरालाले जनताको दुःखमा सरकार संवेदनशील हुनुको सट्टा कर्मकाण्डी शैलीमा आफ्नै स्तुती गाउँदै नीति तथा कार्यक्रम आएको बताएका हुन् ।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उनले बताए।
सरकारले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको बताएपनि खास योजनाहरु नआएको उनले बताए । दैनिक ज्यालादारीमा काम गर्दै आएका नागरिकको राहत वितरणमा संवेदनशील हुँदै विदेशमा अलपत्र परेका नागरिकलाई सुरक्षित तवरले घर फर्काउन कोइरालाले आग्रह गरे ।

प्रतिक्रिया