कुशे–७ मा कांग्रेसका सिंह विजयी


 

कर्णाली । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् ।

उक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गरे ।

त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लालबहादुर खत्रीले आठ मत ल्याए ।  निर्वाचनमा १७ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।