काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले कुर्सी जोगाउन जस्तो पनि काम गरिरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा महतोले कुर्सी जोगाउन प्रधानमन्त्रीले सांसद अपहरणदेखि अनेक काम गर्ने गरेको आरोप लगाएका हुन् । सरकारले जनतालाई थप पीडा दिइरहेको भन्दै उनले आफ्नै पार्टी फुटाउन सरकार लागि परेको बताए ।
महतोले पार्टी फुटाउन सरप्राइज नेपाली जनतालाई नचाहिएको भन्दै आफूहरुले पनि एक भएर सरप्राइज देखाइदिएको बताए । उनले मानवअधिकारको विषय, संविधान संशोधन, भ्रष्टाचार गरेको विषय पनि नउठाउने भन्दै निर्मला हत्याकाण्डबारे पनि प्रसंग उठाए । महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न नसकेको आरोप पनि लगाए ।
दुई तिहाइको सरकार बन्दा जनतामा विकास र समृद्धि पाइएला, संविधानले पूर्णता पाउला भन्ने आशा भएपनि अहिले जनता निराश भइसकेको बताए । महतोले दुई तिहाइको सरकार जनतालाई पीडा दिन जनताले भोट नदिएको बताए ।

प्रतिक्रिया