कोरोनाबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यकः कमल थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाईरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् । थापाले पछिल्लो समयमा यस बिषयमा विज्ञहरुको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित र प्रभावित क्षेत्रको वर्गिकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले पार्टी अध्यक्ष थापालाई मकवानपुर जिल्लाका लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

बिभाग प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई १० थान थर्मल गन हस्तान्तरण गरेको हो थोरै भए पनि यसरी स्वास्थ सामाग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको बिभागकी प्रमुख पोखरेलले प्रतिक्रिया दिईन् ।

अध्यक्ष थापाले सामाग्रीहरु मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत बिपद व्यवस्थापन समिति कमाण्ड पोस्टमा हस्तान्तरण गर्न निर्देशन दिए । सो अबसरमा राप्रपा जनजाति बिभागका नेता रामबहादुर थोकरले एक हजार मास्क समेत अध्यक्ष थापालाई हस्तान्तरण गरे । सहयोगका निमित्त अध्यक्ष थापाले बिभागलाई धन्यवाद दिएका छन् ।

स्वास्थ्य सामाग्रीहरु तत्काल हेटौंडा पठाईने राप्रपा युवा नेता राजाराम बर्तौलाले जानकारी दिए । गैरसरकारी संस्था महासंङ्ग र बिभागले यस अघि पनि यस्ता सहयोगहरु निरन्तर गरिरहेको छ ।