प्रधानमन्त्रीद्वारा कांग्रेसबाट दुई र नागरिक उन्मुक्तिबाट एक राज्यमन्त्री नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीन राज्यमन्त्री नियुक्त गरेका छन् । शुक्रबार उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।