काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले पार्टी केन्द्रीय कार्यालय मनोहरा खोलामा आएको बाढीको डुबानमा परेकाले सचिवालय बैठक अन्यत्र राख्नु परेको बताएका छन् । नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । आजको बैठक होटल बसेरामा बोलाइएको छ ।
प्रधानमन्त्रीले भनेका छन्, ‘शुभ बिहानी ! सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

प्रतिक्रिया