एमाले महासचिव पोखरेल भन्छन्-संविधान संशोधन र तदनुरुपका कानून निर्माणका लागि ओलीको नेतृत्वमा सरकार


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।

कांग्रेस र एमालेबीच सरकार गठनमा सहमति भएपछि मंगलबार बिहान सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच सरकार गठनमा गएराति सहमति भएको छ । सहमति अनुसार सुरुको दुई वर्ष ओली प्रधानमन्त्री र बाँकी अवधिका लागि देउवा प्रधानमन्त्री बन्नेछन् ।