प्रहरी गिरिबन्धुको उजुरीको प्रतिक्षामा छः गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिबिन्धु टी-स्टेटको अनुसन्धान हुने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) उजुरीको प्रतिक्षामा रहेको बताएका हुन् ।

उनले यसबारे सदनमा कुरा उठ्नुअघि नै आफूले अनुसन्धानका लागि सीआईबीलाई तयार रहन निर्देशन दिइसकेको बताएका छन् ।