कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति भएको भन्दै अघि बढाउन आग्रह गरेका थिए । तर कांग्रेसले संसदीय समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुखले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।