सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी


काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् ।

उनले सरकारको कार्यक्रमा कुनै उत्साह नदेखिएको धारणा राखेका छन् । उनले सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआएको जिकिर गरे ।

सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ । उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण बिषय छुटेको बताए ।