संसदीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै राष्ट्रियसभाको बैठक बसेको थियो । बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो । तर राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरेका थिए ।

तर कांग्रेस सांसद कृष्ण रोकाले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले संसदीय छानबिन समिति नबनेसम्म कुनै पनि कारबाही अगाडि नबढ्ने बताए । त्यसपछि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक जेठ तीन गतेसम्मलाई स्थगित गरेका छन् ।