काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बिहान बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले १६ औँ पञ्चवर्षीय योजना पनि पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया