जसपाबाट मन्त्रीका लागि तीन जनाको नाम सिफारिस


काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सिफरिस गरेको छ । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

पार्टीका सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस भएका बताइएको छ । यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहने जसपाले बताएको छ । झाको मन्त्रालय भने टुंगो लागेको छैन ।