काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको भन्दै अध्यक्ष यादवले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अशोक राईले आफ्नो नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्दै यादव सर्वोच्च गएका हुन् । सर्वोच्चले यादवको रिटलाई जेठ २ गते पेसी तोकेको छ । यादव आजै सरकारबाट बाहिरिएका छन् ।

प्रतिक्रिया