समर्थन फिर्ता लिँदै माओवादीले छाड्यो मधेस सरकार


जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आइतबार माओवादीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको हो ।

मधेस प्रदेशमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई र विना विभागीय मन्त्री भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।