कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भएपनि संसदीय समिति गठनको माग पूरा हुने अवस्था छैनः प्रमुख सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुन नसक्ने बताएको छ ।

सभामुखले सदनको गतिरोध हटाउन आयोजना गरेको छलफलपछि पत्रकारहरुसँग कुरा गदै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसदीय समितिका नाममा सरकार माग गरेको आरोप लगाए ।

उनले कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि संसदीय छानबिन समिति नबन्ने बताए । उनले भने,‘ कांग्रेसल मागेको संसदीय छानबिन समिति कानुन र नियमसंगत छैन । कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि यो माग पूरा हुने अवस्था छैन।’

उनले कांग्रेसको माग सहकारी पीडितलाई न्याय दिने खालको नभएको भन्दै केवल सरकारसँग जोडिएर आएको बताए । उनले सहकारी पीडितको रकम फिर्ता गर्ने सबालमा एमालेले पनि सरकारलाई दबाब दिने बताए ।