सरकारले गृहमन्त्रीलाई जोगाउन संसदीय समिति बनाउन नचाहेको कांग्रेसको निष्कर्ष


काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवस बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार संसद चल्न पनि नदिने र समिति नबनाउने रणनीतिका साथ अघि बढेको निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले सदनको अवरोध हटाउन सभामुख पनि संवेदनशील नबनेको निष्कर्ष निकालेको महामन्त्री गगन थापाले जानकारी दिए ।

उनले भने, ‘संसदमा हिजो सभामुख र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । गृहमन्त्रीलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्दत रहेको हाम्रो निष्कर्ष छ ।’

उनले आफूहरू सरकारसँग चाहिनेभन्दा बढी लचक भइरहँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।