काठमाडौं । नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ । संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ ।
यस विषयमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक गरेको हो । बैठकमा कांग्रेसले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
सरकारलाई निरन्तरता दिन सकिने ठाउँमा अगाडि बढ्ने र सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा भएको उनले बताए । सहमहामन्त्री परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया