काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी इलाम–२ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिने तर, बझाङमा भने भाग नलिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठकले उम्मेदवार भने टुंगो लगाएको छैन ।

प्रतिक्रिया