राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहसहित चार मन्त्रालय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित चार मन्त्रालय पाउने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो ।

रास्वपाले गृह, खेलकुद, शिक्षा र श्रम मन्त्रालय लिने भएको छ । पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठ खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका छन् ।