यस्तो छ संसदमा दर्ता भएको निजामती सेवा विधेयक


काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद सचिवालयमा विधेयक दर्ता गराएको हो । विधेयकमा दलको सदस्यता लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने प्रावधान राखिएको छ ।

विधेयकको दफा १०० को ‘क’ मा राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन, राजनीतिक दलको जनवर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध पेसागत सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा पदबाट हटाइने वा बर्खास्त गरिने भनिएको छ ।