दाङ । क्रन्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् ।आइतबार दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै एकवर्ष कैद सजाय सुनाएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका– ५, सिङ्गेनजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका– ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो । सोही मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया