मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन


काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई वार्ताका आउनका लागि आव्हान गरेको छ । काठमाडौं केन्द्रित आन्दोलनमा रहेका पीडितलाई गृह मन्त्रालयले वार्ता आउन आग्रह गरेको हो ।

मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गर्दै आन्दोलनरत पीडितलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन गरेको हो ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत देशभरका मिटरब्याज पीडित विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपाससमेत गर्दै आएका छन् ।