टेरामक्स काण्ड र बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न एमालेको माग


काठमाडौं । नेकपा एमालेले तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबारसम्म चलेको बैठकले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याएको निष्कर्ष निकाल्दै २२ बुँदे प्रस्ताव पारित गरेको हो ।

बैठकले टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको छ ।