काठमाडौं । जोन्टा इन्टरनेशनलकी अध्यक्ष युटिई स्कुल्जको अफिसियल नेपाल भ्रमण सम्पन्न भएको छ । अध्यक्ष स्कुल्जले फेब्रुअरी १८ र १९ तारिखका दिन पोखरा क्षेत्रको भ्रमण गरेकी हुन् ।
उनीसँगै जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ की गभर्नर सृजना राणा, जिइ डिस्ट्रिक्ट २५ की उप एरिया डाइरेक्टर सीमा गोल्छा, जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष आभा शाह पोखरा पुगेका थिए ।
त्यसक्रममा अध्यक्ष युटिई स्कुल्जलगायतलाई पोखरामा जोन्टा क्लब अफ पोखराकी अध्यक्ष मोनिका थापाले आफ्ना क्लबका सदस्यहरूबीच स्वागत गरेका थिए । अध्यक्ष युटिई स्कुल्जको सम्मानमा जोन्टा क्लब पोखराले कल्चरल इभनिङ डिनर, शुभकामना आदान प्रदान, सांस्कृतिक साँझ लगायतका कार्यक्रम राखेको थियो ।
भ्रमणका क्रममा पोखरामा अध्यक्ष युटिई स्कुल्जले जोन्टा क्ल्ब पोखरामा आवद्ध भएका आत्मनिर्भर बाल आश्रमसँगै विभिन्न प्रोजेक्टको अवलोकन गरेको अध्यक्ष मोनिका थापाले जानकारी दिइन् ।
त्यसक्रममा जोन्टा इन्टरनेशनलकी अध्यक्ष स्कुल्जले जोन्टा क्लब पोखराले संचालन गरेका कार्यक्रमको प्रंशसा गरेकी थिइन् । क्लबले महिला सशक्तीकरण, महिलामाथि हुने हिंसा र विभेद बिरुद्ध सचेतना लगायतका कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया