बलम्बुस्थित प्रहरी प्रभागमा गोली चल्यो


काठमाडौँ । काठमाडौंको बलम्बुस्थित प्रहरी प्रभागमा गोली चलेको छ । प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको छ । डिउटी सकेर पेस्तोल बुझाउने क्रममा गोली चलेको हो ।

गोली चल्दा उनको निजी सुरक्षा गार्डको खुट्टामा गोली लागेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि प्रहरीले प्रहरी निरीक्षक श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको छ ।