राष्ट्रियसभा सदस्यमा बागमतीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित


हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको चार सीटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १/१ जना उम्मेदवार विजयी भएका हुन् ।

कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।