राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट गठबन्धनका उम्मेदवार विजयी


गण्डकी । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको मतदानमा महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा, अपांगता/अल्पसंख्यकमा कांग्रेसका पदम परियार र खुलामा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

माओवादीकी मनरूपाले ३ हजार ६६० र एमालेकी सम्झनाले २ हजार ५५३ मतभार पाए । त्यस्तै कांग्रेसका परियारले ३ हजार ७७४ र एमालेका हेमन्द्र शेरचनले २ हजार ५८ मतभार पाए । खुलामा कांग्रेसका किरणबाबुले ३ हजार ८०८ र एमालेका सूर्य पराजुलीले २ हजार ४७७ मतभार पाए ।