कुन प्रदेशमा कति बजेट ?(हेर्नुस् सातै प्रदेशको बजेट)


काठमाडौं । शुक्रबार ६ प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशले भने बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेश सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ भने बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोडको बजेट ल्याएको छ । त्यसैगरी कोशी प्रदेश सरकारलेले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ ।

यस्तो छ सात प्रदेशको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट

लुम्बिनी प्रदेशमा ४० अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोडको बजेट प्रस्तुत

बागमती प्रदेश सरकारको ६२ अर्ब ७० करोडको बजेट

गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्बको बजेट

अध्यादेशमार्फत कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट