अध्यादेशमार्फत कोशी प्रदेश सरकारले ल्यायो ३६ अर्बको बजेट



विराटनगर । कोशी प्रदेश सरकारलेले आगामी आर्थिक वर्षको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ । अर्थ मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यादेशमार्फत बजेट ल्याएका हुन् । कार्कीले सार्वजनिक गरेको बजेटमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार छ ।

पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार हुँदा वित्तीय व्यवस्थापन एक अर्ब रहेको छ । त्यस्तै स्थानीय तहको अनुदानमा ३ अर्ब ६० करोड २९ लाख रकम विनियोजन गरेको हो ।

प्रदेश संरचनाको निर्माणपछि पहिलोपटक कोशी प्रदेशले पहिलोपटक अध्यादेशमार्फत बजेट ल्याएको हो । बजेटको स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान उनले प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका