काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । विभागीय डर्बी फाइनलमा एपिएपफले त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित निकाल्यो। उपाधिसँगै एपिएफले १० लाख रूपैयाँ र आर्मीले पाँच लाख प्राप्त गरे।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै आर्मीले दिएको १८० रनको लक्ष्य एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।
एपिएफका लागि भूवन कार्कीले सर्वाधिक ५५ रन बनाए। उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४ रन बनाउँदा कप्तान शरद भेषावकरले अविजित १६ र प्रदीप ऐरीले २०को योगदान दिए।
बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले २, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान १ एक विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको एपिएपफले ३० ओभरमा अलआट हुँदै एपीएफलाई १७९ रन मात्र बनाउन सकेको थियो। उसका लािग रोहितकुमार पौडेलले सर्वाधिक ४९ बनाए।
यस्तै जितेन्द्र मुखियाले नटआउट २४ रन बनाउँदा सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६ र हरि चौहानले १५ बनाए।
बलिङतर्फ एपिएपफका अमर रौटेला र मौसम ढकालले समान ३ विकेट लिँदा तथा किशोर महतोले २ विकेट लिए।

प्रतिक्रिया