सर्लाही । प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः०० बजे मलंगवा नगरपालिका – १० स्थित डिम पुल क्षेत्रमा विशेष जाँचका क्रममा मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद ३२ लाख फेला परेको हो ।
घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका – ३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया