सम्झौता नसकिँदै क्रिकेट प्रशिक्षक पुबुदुद्वारा राजीनामा


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् ।

पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् ।

उनले एक साताअघि नै इमेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।